फेसबुकः नबुझ्नेलाई खुर्पाको बिंड
फेसबुक चलाउँदा ध्यान दिनुपर्ने कुराः
1. फेसबुक खोल्दा आफ्नो व्यक्तिगत विवरण पूर्ण रूपमा नराख्ने, किनभने जो कसैले पनि यसको दुरुपयोग गर्न सक्छन्।
2. फेसबुकले प्रयोगकर्ताहरूको व्यक्तिगत सूचनाको कारोबार गरेर पैसा कमाउँछ। त्यसैले यस्तो कुरामा ध्यान दिने।
3. सम्पर्क नम्बरहरू सकभर नराखेकै राम्रो, किनभने व्यापारिक संघसंस्थाका फोनले हैरान पार्न सक्छ, साथै आफ्नो फोन नम्बर अपराधीको हातमा पनि पर्न सक्छ।
4. प्राइभेसी कायम राख्ने, जसले गर्दा आफ्ना जानकारी सीमित व्यक्तिले मात्र पाऊन्। फेसबुकको सामान्य जानकारी छैन भने बरु नचलाउने।
5. स्टाटस लेख्दा पर्याप्त ध्यान दिने, जस्तै 'म यति दिन घरबाहिर हुन्छु, घुम्न यहाँ जाँदैछु' जस्ता स्टाट्स लेख्नु भनेको चोर-डाँकालाई निम्तो दिनु पनि हुनसक्छ।
6. बिनाकाम फेसबुक चलाएर समय बर्वाद नगरौं, फेसबुकको सट्टा कोर्सबुक वा कुनै मन पर्ने साइट वा पुस्तक पढ्न सकिन्छ।
7. अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक फोटो ट्याग गर्ने काम कहिल्यै नगरौं, किनभने अनुसन्धानबाट त्यस्तो कुकार्य पर्दाफास हुन सक्छ। त्यसैले अरूको चरित्रहत्या हुने खालको कुरा नलेखौं जसले जीवनभर सास्ती दिन सक्छ।
8. फेसबुकमा भएका हरेक कुरालाई सत्य नमानौं, किनभने यसको चरम दुरुपयोग भैरहेको छ।
यदि कोही कसैले चरित्रहत्या हुने खालको कार्य गरे सम्बन्धित निकायमा जानकारी दिई अनुसन्धानमा सहयोग पुर्याउनुपर्छ।
यदि कोही कसैले चरित्रहत्या हुने खालको कार्य गरे सम्बन्धित निकायमा जानकारी दिई अनुसन्धानमा सहयोग पुर्याउनुपर्छ।
No comments:
Post a Comment